images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दशैं, तिहार, छठ जस्ता हिन्दुहरूको चाडपर्व नजिकिँदै गर्दा व्यवसायीहरूले चाडपर्व लक्षित विभिन्न उपहार योजना (अफरहरू) सार्वजनिक गरेका छन् । दैनिक उपभोग्य खाद्य सामाग्री, घरयासी विद्युतीय उपकरणदेखि ठूला चार पाङ्ग्रे सवारी उत्पादक तथा बिक्रेताले वस्तु तथा सेवाको खरिदमा विभिन्न उपहार योजना ल्याएका हुन् ।

बजारमा दशैंको चहलपहल सुरु भएसँगै उद्योगी, व्यवसायीहरू आफुले उत्पादन गरेको वस्तु बिक्रीका लागि विभिन्न अफरहरूसहित मार्केटिङ गरिरहेका छन् । अटो बजारमा पनि विद्युतीय स्कुटर तथा गाडी व्यवसायीहरूले दशैं, तिहारको उपलक्ष्यमा गाडी किन्दा नगद छुटदेखि विद्युतीय स्कुटरसम्म पाइने विभिन्न अफर ल्याएका छन् ।

व्यवसायीहरूले नयाँ फिचरसहितका विभिन्न ब्रान्डका नयाँ सवारी साधनहरू सार्वजनिक गर्ने, टेस्ट राइड खुल्ला गर्ने, प्रर्दशनी गर्ने, बुकिङ खुल्ला गर्ने जस्ता ग्राहक लक्षित कार्यक्रम तिब्र पारेका छन् । उपभोक्तालाई थप आकर्षित गर्न उनीहरूले आफ्ना उत्पादनको खरिदमा उपहार तथा नगद छुटका अफरहरू समेत सार्वजनिक गरेका हुन् ।

आइशरको गाडी किन्दा मिनी ईभी कार पाइने

आइशर गाडीको नेपालको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्शियल भेहिकल (बीएमसीवी) ले नयाँ गाडी खरिद गर्नेमध्येबाट एक जनालाई मिनी इलेक्ट्रिक कार उपहार दिने घोषणा गरेको छ । कम्पनीले दशैं र तिहारको अवसरमा नयाँ आइशर गाडी खरिद गर्नेमध्येबाट एक जनालाई उक्त कार दिने घोषणा गरेका हो ।

यस्तै, कम्पनीले घोषणा गरेको चाडपर्वको स्कीममा आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरूले रोजेर उपहार लिन पाइनेछ । यस्तै, कम्पनीले उक्त उपहार बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयाँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करमा छुट दिएको छ ।

हुन्डाई गाडीको ‘फेस्टिभ डिलाईट २०८०’

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको ‘फेस्टिभ डिलाईट–२०८०’ अन्तर्गत इलेक्ट्रिक कार कोनाको खरिदमा ग्राहकले ८० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । सो अफरमा ग्राहकले स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् भने बम्परमा एकजना भाग्यशाली बिजेताले माइक्रो एसयूभी एक्स्टर उपहार पाउने छ । साथै, एकवर्षको निशुल्क इन्स्युरेन्स र सडक कर समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

‘वुलिङको कार उपहारको बहार’

वुलिङकारको नेपाली आधिकारिक बिक्रेता ईभी नेपाल मोटर्सले फेस्टिबल अफर अन्तर्गत दशैं तिहारलाई लक्षित गरी ‘वुलिङको कार उपहारको बहार’ स्किम ल्याएको छ । जसमा ग्राहकले एलजी ब्रान्डको फ्रिजदेखि बम्परमा एकजना भाग्यशालीले लेभनिङ ब्रान्डको इलेक्ट्रिक स्कुटर पाउने छ ।
दशैं तिहारमा वुलिङको एयर ईभी खरिद गर्दा ग्राहकले २६० लिटर क्षमताको डबल लोड एलजी फ्रिज र निशुल्क रोड ट्याक्स तथा इन्स्यूरेन्समध्ये एकलाई छनोट गरी लिन सक्ने छन् । साथै, ४ वर्षसम्मको निशुल्क सर्भिसिङ र एसेसोरिजमा चार्जिङ बक्स, चार्जिङ गन, कार म्याट र एयर कम्प्रेसर लगायत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेटा भीको ‘डिक्की फुल’ अफर

होजोन मोटर्सको आधिकारी बिक्रेता सिजी मोटर्सले ‘डिक्की फुल’ अफर ल्याएको छ । कम्पनीले बिक्री गर्ने ‘इलेक्ट्रीक क्रसओभर नेटा भी’मा ग्राहकले गाडीको डिक्की भरेर विभिन्न इलेक्ट्रोनिक्स सामानहरू पाउने छन् । नेटा भी खरिद गर्ने हरेक ग्राहकले ४३ इन्चको सिजी फोके स्मार्ट टीभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको भ्याकुम कप र ५०० एमएल अट्ने सीजीको भ्याकुम फ्लस्क बोटल उपहारमा पाउने छन् । यसका साथै ६.६ किलोवाटको एसी फास्ट चार्जर, फ्रि टायर सेट, एक वर्षको फुल इन्स्योरेन्स, एक्चेन्ज सुविधा र एक वर्षको वार्षिक करसमेत कम्पनीले नै तिर्ने जनाइएको छ ।

एमजी ब्रान्डको गाडी किन्दा २ लाखसम्म नगद

एमजीका लागि आधिकारिक वितरक पारामान्ट मोटर्सले ‘एमजी ड्राइभ्स फेस्टिभ भाइब्स’ सार्वजनिक गरेको छ । यो योजनामा एमजीका ‘जेडएस इभी’ किन्दा ग्राहकहरूले २ लाख रुपैयाँसम्मको नगद पाउने छन् । साथै, स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर पनि निशुल्क पाउने छन् भने एकवर्षको गाडीको बीमा समेत कम्पनीले गरिदिने छ । यो अफर मंसिर ४ गतेसम्म लागु हुनेछ ।

टाटा

टाटाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्वलाई लक्षित गर्दै टियागोे इभी र नेक्सन इभी खरिद गर्दा आकर्षक उपहारको व्यवस्था गरेका छन् ।

लुयान इलेक्ट्रिक स्कुटर किन्दा २० हजार नगद पाउने

लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राईड एनले लुयानको स्कुटर खरिद गर्दा २० हजार रुपैयाँ छुटको साथै एकवर्षको सडक कर छुटको अफर ल्याएको छ । साथै, खरिदकर्ताले लुयानको आकर्षक हेल्मेट पनि निशुल्क पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit