विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडले लगानी बोर्ड समक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको छ । कम्पनीले बोर्डसँग भएको समझदारीपत्र (एमओयू) अनुसार तोकिएको समयभित्रै प्रतिवेदन बुझाएको जनाइएको छ ।

बोर्ड र एनएचपिसी र बोर्डबीच गत भदौ २ गते एमओयू भएको थियो । समझदारी भएको मितिबाट लागू भएर २१ महिनाभित्र कम्पनीले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बुझाउनुपर्ने छ ।

एमओयू अनुसार एनएचपिसीले दुई वर्षभित्र दुवै आयोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एवम् वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइन लगायत विषय अध्ययनको विस्तृत अध्ययन प्रतिवेदन बोर्डमा पेश गर्नुपर्ने उल्लेख छ । कम्पनीले दुवै आयोजनामा १ खर्ब ८० करोड भारु लगानी गर्ने जनाएको छ ।

पश्चिम सेती १७ वर्षसम्म अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन इन्जिनियरिङ कर्पोरेशन (स्मेक) ले ओगटेपछि २०६८ साल साउन ११ गते तत्कालीन मन्त्रिपरिषद्ले खारेज गरेको थियो । स्मेकसँगको अनुमतिपत्र खारेज गरेर चिनियाँ थ्रि गोर्जेजको सहायक कम्पनी सिडब्लूई इन्भेष्टमेन्ट कर्पोरेशनलाई एमओयू गरी विकास गर्न दिइएको थियो । तर, काम गर्न नसकेपछि २०७५ सालमा चिनियाँ कम्पनीसँगको एमओयू खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit