विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

मलाई लुछ, चिथोर
कुट, मार, जे गर्छौ गर
तर, बिन्ती !
सिंहदरबार नफोर
 नजलाऊ, नजलाऊ
मेरी आमालाई ।

टल्किन देऊ उनको सिन्दूरलाई
राष्ट्रियताको प्रतीक
त्यो राष्ट्रको सिन्दूर हो,
र,
सिङ्गो देशको इतिहास हो,

नफोर मेरी आमाको छाती
नच्यात उनका वस्त्रहरू ।
तर,
बीभत्स दृश्यले
आज, म बहुलाएँ
छटपटाएँ, छाती पिट्दै
अलापविलाप गर्दै
देवीदेवता पुकारेँ

आफ्नै टाउको ठोकेँ
तर,
उफ् ! मेरो आवाज
आज, एक इन्च पनि
पर पुगेन ।
भित्ताले पनि फर्काएन
पाषाण हृदयहरूले
त के र किन पो सुन्थे ?

क्रमशः च्यातिए सारा वस्त्र
गाडियो छातीमा नङ्ग्रा
उफ्, आमाको नाङ्गो वक्षस्थल ...
भो मैले देख्न सकिनँ
भो मैले रोक्न सकिनँ

आमाको सारी च्यातिएको
एक हिंस्रक जत्थाले
सामूहिक बलात्कार गरेको 
आँखै अगाडि ज्युँदै जलाएको, 
लाठी र भाटाले हान्दै, घोच्दै
आफ्नै आमालाई दाग बत्ती दिएको !

मस्त निद्रामा
अचानक ऐँठन भएझैँ
केले एक्कासि छोप्यो
म जान्दिन ...
तर, 
देखेँ यो कहाँ निद्रा रहेछ र !
सिंहदरबारमा आगो र धुवाँको
मुस्लो छुटिरहेछ
देशको सिन्दूर पखालिँदै छ ।

आमा दनदनी जल्दै छिन् 
आमाकै चीरहरण टुलुटुलु
हेर्न सक्ने हामी
कस्ता छोराछोरी ?
मुखमा गङ्गाजलको साटो
पेट्रोल खन्याइँदै छ ।

ज्युँदै जलिरहेको
उनको शरीरमाथि
एक लोटा पानी
खन्याउन कर्तव्य ठानेनौँ
बस्, हेरिरह्यौँ
मलामी भैरह्यौँ ।

धिक्कार छ मलाई
के-के न बलवान् छु भन्थेँ
मातृभूमिको गुड्डी हाँक्थेँ
माटो समातेर किरिया खान्थेँ
तर, आज जलिरहिन् 
कसै बचाउन सकिनF
चारैतर्फ गुहार मागेँ
चरोमुसो कोही आएनन् 
आमाको देहमा
हठात् झोसिएको
आगो निभाउन सकिनँ
बचाउन सकिनँ ।

हेर्न नसकेर ...
आफैँलाई धिक्कार्दै
दुवै चक्षु हत्केलाले छोप्दै
सबैसँग दयाको भीख माग्दै
दगुरेँ, चिच्याएँ, रोएँ, कराएँ

तर,
संवेदनारहित संसार
कतै केही नभए झैँ 
अभिनय गरिरह्यो
आफ्नै रङ्गमञ्चमा
मस्त भइरह्यो ।

हो, सिंहदरबार जलिरह्यो,
तर, मेरो चीत्कार
कसैले सुनेन
कोही आएन

न त्यहीँ पर्तिरका
सिपाही आए
न सधैँ यत्रतत्र
देखिने प्रहरी आए
न दमकल आयो
एक्लै छैनजस्तो लाग्थ्यो
मर्दापर्दा सबै
हुन्छन् जस्तो लाग्थ्यो
तर, आज देखेँ -
सिंहदरबार एक्लै ठडिएको रहेछ

कसैले बुझ्न सकेन-
ऊ आक्रमणको निशानामा छ 
वास्तविकता-
सधैँ हाम्रा लागि थियो
हामी कहिल्यै
उसका लागि रहेन छौँ ।

नत्र कसरी नेपाली भएर
यी हातले-
सिंहदरबारमा आगो झोस्यौँ ?
न्यायको मन्दिर जलायौँ ?
संसद् भवन जलायौँ ?
के त्यो हाम्रो 
भविष्य जलेको हैन ?

अन्धकारमा खोज्दै छौँ-
हाम्रो समृद्धि
हाम्रो भविष्य,
नयाँ पुस्ताका लागि 
एक सुरक्षित भविष्य-
लोकतन्त्र सहितको
स्वतन्त्रता सहितको ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३