विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

यसकारण निजी जलविद्युत व्यवसायीले बिजुलीकाे बजार खाेज्नु छ

२०७७ चैत ९

काठमाडाैं । बिजुली खपत नभएर खेर जान्छ भन्ने चिन्तन त्यायाैं तर छ्लफलको विषय त बनानुपर्याे । यो मुलुक यही हो, रासायनिक मलको कारखाना खोल्ने अनि ग्यासले चलाउने भनेर सरकारलाई रेपोर्ट पेश गर्ने विज्ञ छ्न् । यिनीहरूले ग्यासभन्दा बिजुली महँगाे देखेछन् । यो मुलुक त्यही हो यस्तै विज्ञ, निकाय र नियामक छन् ।

जसले अाफ्नी श्रीमती र आमाको सुन न्यूरोड लगेर बिक्री गरेर वा घरजग्गा बिक्री गरी ५-१० मेगावाटकाे सर्भे अनुमति लिन्छन् । अध्ययन गर्छ स्वदेशी पुँजी लगानी गर्छ । राज्यले बाटो बिजुली पुर्‍याउन नसक्ने ठाउमा पुर्याउछ । रोजगार दिन्छ । तर, उसकाे विद्युत् खरिद सम्झाैता  (पिपिए) हुँदैन । बिपिसी जस्ता ठूला घरानीय र विदेशीकाे पिपिए हुनछ । साना लगानिकर्ता डुब्छन् । डुब्दैछन् ।

एउटै पार्टीले १००/२०० मेगावाट गर्ने अनि विचरा साना आयोजनाको हालत के हुने ?

अनि सबै १५००० विद्युत् आउने हो र भारत बंगलादेशमा बिक्री नहुने भयो भने विद्युत् प्राधिकरणमा ताला लाग्छ । अब पिपिए को के अर्थ हुन्छ ?

मुद्दा लड्ने कागज बोक्ने अनि भारतको गल्लीमा लुक्नुपर्ने हुन्छ । अनि निजी लगानीकर्ताको गोजिमा पैसा छ तर पानीपुरि खानेमात्र ।

टाइ लगाएको मान्छे आयो भने बैंकको मान्छे हो कि भनेर लुक्नु नपरोस् । आज बोनस बाँड्ने बैंक घाटामा प्राडो चढ्ने विद्युत व्यवसायी रिक्सामा चढ्ने स्थिति उत्पन्न नहाेस् ।

फेरि लिखितम गरिबका नाममा .. भनेर बैंकले ठूला व्यापारीलाइ डुबाएको नि थाहा छ । जस्तै, मथुरा मास्के, सुधिर बस्नेत पीयूषबहादुर अमात्य, माउन्टेन एयरका सिवेन्द्र बस्नेत प्रज्ञान राणा कोस्मिक एयरका हुण्डाइ गाडीका पुरान साहु रबिन्द्र प्रधान यी डुबेका व्यक्ति हुन् ।

जितबहादुर श्रेष्ठ घरजग्गा व्यापारी कृष्णबहादुर थापा नेपाल एयरवेजका र काठमाडौ होटेलका मालिक कजीबाबु साब प्रदिप राणा बसुलिङ सुगर मिलका मालिक पूर्वप्रधानमन्त्रीका छोरा दिवाकर चन्द ........सही समय दिने डोल्मा घडीका मालिक अहिले त घडी बिग्रेछ, बिचाराको । निकोन एयर र होटेल एल्लो प्यगोडाका मालिक अनुप शम्शेर राणा ...

हाइड्रोमा लागेर हर्ट अर्टयाक भयर स्वर्ग जानेमा हिरारत्न हलका मालिक, टाडिखोला आले मामा, मेरा नजिकका दाइ छेवाङ शेर्पा फेमे खोला, खानीखोला... घर जग्गामा सकिने त कति छन् कति ?

त्यही भएर सरकार, निजी क्षेत्र र स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था नेपाल (इप्पान) ले विद्युत्काे बजार खोज्नु जरुरी छ।

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit