विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
अन्तर्वार्ता

नेत्र कार्की विगतमा एक दशकभन्दा लामो समय पत्रकारितामा क्रियाशील रहे । उनले विशेषतः सुरुमा नेपाल टेलिभिजनमार्फत ‘ऊर्जा’ कार्यक्रम सञ्चालन गरे । त्यसपछि, न्यूज२४ टेलिभिजनबाट लामो समयसम्म ‘मिसन ऊर्जा’ कार्यक्रममार्फत ऊर्जा तथा जलविद्युत् विकासमा पैरवी गरिरहे । जलविद्युत् विकासमा निजी क्षेत्रका मुद्दाहरूलाई प्राथमिकताका साथ सम्प्रेषण तथा सरकारका विसंगति तथा विकृतिलाई बाहिर ल्याएर उनले पत्रकारितामार्फत यस क्षेत्रको विकासको वकालत गर्दै आएका थिए ।

क्रियाशील पत्रकारितासँगै उनी समाज सेवामा समेत जोडिएका थिए । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका, ठोकर्पाका स्थायी बासिन्दा कार्कीलाई समाज सेवाको त्यही पाटोले सक्रिय पत्रकारिताबाट राजनीतिमा पुर्‍यायाे । स्थानीयस्तरमा उपलब्धिपूर्ण काम गरेकै कारणले उनी २०७४ सालको स्थानीय निर्वाचनमा सुनकोसी गाउँपालिका–१ को अध्यक्षमा भारी मत ल्याएर निर्वाचित भएका थिए ।

राजनीतिमार्फत स्थानीय तहको विकास निर्माणसँग जोडिएपछि उनले त्यस क्षेत्रमा ‘एक घर एक धारा’ अभियान सुरु गरी खानेपानी सुविधा पुर्‍याएको उनको क्षेत्रका राजनीतिकर्मी तथा स्थानीयहरू आज सम्झिन्छन् । खानेपानी र सिँचाइको अति नै समस्या रहेको त्यस क्षेत्रमा उनले सौर्य विद्युत्‌मार्फत दुई वटा ‘लिफ्ट सिँचाइ आयोजना’को विकास पनि गरेका छन् । स्थानीय जनप्रतिनिधिको रूपमा पाँच वर्षे कार्यकाल पूरा गरेपछि उनी पुनः ऊर्जा विकास प्रवर्द्धनको अभियानमा फर्केका छन् ।

कार्की पत्रकारितामा क्रियाशील रहँदा र आज समय केही बदलिएको छ । ऊर्जा तथा जलविद्युत् विकासमा देशले करिब ३ हजार मेगावाट विद्युत् उत्पादन गरी एउटा उपलब्धि हासिल गरेको छ । पछिल्ला दशकहरूमा जलवायु परिवर्तनको असरका कारण विश्वव्यापी रूपमा ऊर्जा उत्पादन र उपयोगका श्रृंखला पनि बदलिएका छन् । विश्व कोइला, खनिजजन्य इन्धनबाट माथि उठेर हरित तथा स्वच्छ ऊर्जा उत्पादन, त्यसको उपभोग र बजारीकरणमा जुटेको छ । अझ, विश्वको ध्यान पूर्णतः हरित ऊर्जामार्फत हरित हाइड्रोजनको विकास गरी ‘हरित अर्थतन्त्र’ निर्माणमा केन्द्रित भएको छ ।

अहिले, कार्कीले पनि विश्व ऊर्जा विकासको यही लयलाई समातेका छन् । उनी जलविद्युत् विकास, पर्यावरण संरक्षण र जलवायु अनुकूलन र हरित हाइड्रोजन विकासको प्रवर्द्धनको अभियानमा जुटेका छन् । हाल स्वच्छ तथा नवीकरणीय ऊर्जा विकास, पर्यावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा कार्यरत संस्था ‘नेपाल एसोसिएसन फर इम्प्याक्ट एसेसमेन्ट (एनएआइए)’ का प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी यो क्षेत्रको वकालतमा अग्रभागमा देखिएका छन् । उनै जुझारु युवा अभियन्तासँग ऊर्जा टिभीकाे ऊर्जा संवाद श्रृंखलामा उनीसँग गरिएकाे कुराकानी :

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३