विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ मा ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ७ गते) सार्वजनिक गरेको मौद्रिक नीति २०८०/८१ अनुसार चालू आवभित्र उक्त क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको हो । 

निर्माणाधीन, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाको विद्युत प्रणालीमा थपिने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक, निजी ऊर्जा उत्पादकले निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा थपिने अनुमान गरिएको छ ।

अहिले १११ मेगावाटको रसुवागढी, ५७.५ मेगावाटको सान्जेन, १०२ मेगावाटको भोटेकोसीलगायतका आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ४० मेगावाटको माथिल्लो चमेलिया परिक्षण सुरु गरेको छ ।

सार्वजनिक मौद्रिकअनुसार असार ११ गते थप ३०० मेगावाट विद्युत भारतीय बजारमा बिक्री गर्न अनुमति पाइएकाले यो आवमा ९५२ मेगावाट विद्युत निर्यात गरिने छ । भारतसँगको व्यापार घाटा कम गरी बाह्य क्षेत्रमा सुधार ल्याउन र आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit