images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । निजी क्षेत्रबाट निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ । आयोजनाको सबैभन्दा जटिल रहेको सुरुङ निर्माण र मुहानमा नदी फर्काउने बाँधको कामलाई अहिले तीव्रता दिइएको छ ।

अहिले आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत सबै क्षेत्रको काम समान रूपले अघि बढेको छ । आयोजनामा मुख्य सुरुङसहित विभिन्न स्थानमा करिब ८३०५ मिटर सुरुङ निर्माण गर्नुपर्छ । त्यसमध्ये, मुख्य पानी बग्ने सुरुङ, सार्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङसहित अब मुख्य सुरुङको काम अहिलेसम्म ६ हजार ६ सय ३० मिटर पूरा भएको प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जी लिमिटेडका जनसम्पर्क अधिकृत हरिशरण अधिकारीले जानकारी दिए ।

नदी फर्काउनका लागि इन्टेक, बालुवा थिग्र्याउने पोखरी लगायत संरचना धमाधम निर्माण भइरहेका छन् । हेडवक्र्सको जिम्मा लिएको निर्माण व्यवसायी शिव कार्कीले दैनिक एक सय बढी मजदुरबाट काम भइरहेको जानकारी दिए । आउँदो वर्षाअघि नै नदी फर्काउने काम पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

हाइड्रो मेकानिकल पेनस्टक पाइपका लागि साइटमै पाता ल्याएर पाइप बनाएर जडानको काम भइरहेको छ । यस्तै, हेडवक्र्सतर्फ मुहानहरूमा राख्ने गेटहरू पनि ढुवानी भइसकेको जनाइएको छ । अहिले, ६० मेगावाटको खिम्ती–१ जलविद्युत केन्द्रको बाँधभन्दा ३ सय मिटर माथि विद्युत्गृह निर्माणको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । 

कम्पनीका अनुसार सुरुमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्लुटिडब्लु) लाई दिइएको थियो । तर, काम थाल्ने समयमा कोरोना (कोभिड–१९) महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरी सिभिलको काम अघि बढाएको हो ।

अहिले नेपाली कम्पनीले नै सबै काम गर्दै आएको छ । आयोजनाको सबै क्षेत्रमा दैनिक ६  सय बढी मजदुरले काम गर्दै आएको अधिकारीले बताए । उनले आयोजनामा ७० प्रतिशत बढी स्थानीय कामदार रहेको बताए । स्थानीय तहमा लगानीको अवसरसँगै रोजगारी, सडक, पुल, विद्यालय लगायत स्थानीय सामाजिक विकासमा पनि आयोजनाले सहयोग गरेको छ ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन आयोजनामा स्थानीयहरू समेतको संस्थापक लगानी छ । आयोजनाले सीप अनुसार स्थानीयलाई पनि रोजगारीमा प्राथमिकता दिएको छ । २२ वर्षअघि नै निर्माण भई सञ्चालनमा रहेको ६० मेगावाटको निजी क्षेत्रकै ठूलो खिम्ती–१ को केही माथि खिम्ती–२ निर्माण भइरहेको छ ।

८ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाईमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुने जनाइएको छ ।

दोलखाको जिरी नगरपालिका जिरी–सिक्री दोभान पहिरेबाट खोला फर्काएर खिम्ती–१ भन्दा ३०० मिटर माथि तामाकोसी गाउँपालिका वडा नं. ७ मा विद्युत्गृह बनाई विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह दोलखाको जिरी नगरपालिका वडा नंं ८, ९ र तामाकोसी गाउँपालिका वडा नं. ७ मा तयार हुनेछ ।

उत्पादित विद्युत् विद्युत्गृहबाट २ किलोमिटर लामो १३२ केभीको प्रसारण लाइनबाट गर्जाङ–खिम्ती १३२ केभी प्रसारण लाइनमा जोडिने छ । प्रसारण लाइनका लागि ७ वटा टावर निर्माण हुनेछन् । यसका लागि टेण्डरको तयारी भएको कम्पनीले जानकारी दिएको छ । सिभिलतर्फ हाई हिमाल, हाइड्रो मेकानिकल ग्लोबल हाइड्रो अष्ट्रिया र इलेक्ट्रो मेकानिकलतर्फको काम क्रिम हाइड्रोले पाइप र सिबीएमल भारतीय कम्पनीले गेटको काम गर्ने गरी ठेक्का पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit