विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको अडिट सुरुङको काम र क्रसर सुचारु भएको छ । विभिन्न माग राखी विगु गाउँपालिका–१ जगतका स्थानीयले ठप्प बनाएको निर्माण कार्य आयोजना व्यवस्थापनसँगको छलफलपछि आइतबारदेखि सुचारु भएको हो । स्थानीयसँग छलफलमा सहमति भएपछि ११ दिनपछि क्रसर सञ्चालनमा आएको आयोजनाका प्रमुख हेमन्त भट्टले जानकारी दिए ।

स्थानीयले ११ दिनअघि क्रसरले बस्तीमा ध्वनी प्रदुषण हुने, क्रसर मापदण्ड पूरा नगरेको लगायतका माग राखी काम ठप्प पारिदिएका थिए । नदीमा तटबन्ध गर्नुपर्ने, सकड क्षेत्रको उकालोमा ढलान गरिदिनुपर्ने, सडकको धुलो उड्न नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले आयोजनाको काममा अवरोध गरेका थिए । आयोजना व्यवस्थापन पक्षले ती माग पूरा गर्ने भएपछि क्रसर र ब्याचिङ प्लान्ट चल्न थालेको हो । आयोजनाको सिभिल संरचनाका निर्माण कार्यका लागि ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गोंगरमा क्रसर र ब्याचिङ प्लान्ट राखेको छ । यसअघि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पनि यही ठाउँमा क्रसर र ब्याचिङ प्लान्ट राखेको थियो ।

स्थानीयले एक घर एक रोजगारी, ब्लाष्टिङ गर्दा स्वास्थ्यलाई प्रतिकूल हुने गरी ठूलो आवाज आउने भएकोले क्षतिपूर्तिस्वरूप स्थानीयले भत्ता पाउनुपर्ने, पानीको मुहान सुके त्यसबापतको वैकल्पिक सुविधा पाउनु पर्ने, सडक निर्माण गर्नुपर्ने लगायतका विभिन्न माग राखी ३ दिनअघि मुख्य सुरुङ खन्ने अडिट १ को काम समेत स्थानीयले रोकेका थिए । लगातारको वार्तापछि ९ बुँदे सहमति भई आयोजनाको काम सुचारु भएको वार्तामा सहभागी स्थानीय यादव आचार्यले जानकारी दिए । 

उनका अनुसार इआइए प्रतिवेदनमा उल्लेख भएका सर्तहरू आयोजनाले कार्यान्वयन गर्नुपर्ने र सिप अनुसारको रोजगारीमा उमेर हद नलगाउने लगायतका सहमति भएको जानकारी दिए । सहमति पत्रमा तामाकोसी पाँचौँका तर्फबाट आयोजना प्रमुख भट्ट, सहायक प्रबन्धक अर्जुन कँडेल साथै आन्दोलनरत स्थानीयबासीका तर्फबाट पहलमान तमाङ, यादव आचार्य, शेषनारायण श्रेष्ठ, मिरे तमाङ र नेत्रबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड आयोजनाको रूपमा नेपाल विद्युत् प्राधिकरणको सहायक तामाकोसी जलविद्युत् कम्पनीले ९९.८ मेगावाटको तामाकोसी पाँचौँको निर्माण थालेको हो । यसको मुख्य सुरुङमार्गका लागि ४ वटा अडिटमार्फत काम सुरु भएको छ । १, २ र ४ नम्बर अडिटमा काम जारी छ भने अडिट ३ मा वन क्षेत्र भएकाले डेढ वर्षदेखि वनको स्वीकृति नपाउँदा काम हुन सकेको छैन । आयोजनाको लट–१ को ठेकेदार परिचालन भएको ८ महिनाको अवधिमा मजदुर र स्थानीयले विभिन्न माग राख्दै आयोजनाको काम साढे २ महिना बन्द गराइसकेका छन् ।

आयोजनाको सिभिलसहित हाइड्रोमेकानिकल कार्यको ठेक्कासमेत चिनियाँ कम्पनी सिनो हाइड्रोले लिएको हो । गत जेठमा ठेक्का सम्झौता गरी वर्षात्पछि ठेकदार कम्पनी फिल्डमा परिचालित भएको थियो । इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको अर्को लटको ठेक्का आह्वानको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि ठेक्का आह्वान भएर पनि बढी कबोल भएकाले रद्द गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३