विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदी तथा खोलामा पानीको बहाब बढेपपछि सञ्चालनमा रहेका स्वदेशी जलविद्युतगृहको विद्युत उत्पादन बढेको छ । जेठ यता भइरहेको नियमित वर्षा एवं तापक्रम वृद्धिले हिमालको हिउँ पग्लिएर नदी तथा खोलामा पानीको सतह बढेपछि नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युतगृहको विद्युत उत्पादन बढेको हो । 

विद्युत प्राधिकरण भार प्रेषण केन्द्रको गत सोमबारको तथ्यांकअनुसार स्वदेशी जलविद्युतगृहले ९ सय ५१ मेगावाट विद्युत उत्पादन गरेका छन् । जसमा विद्युत प्राधिकरणका जलविद्युतगृहको उत्पादन ४ सय ४६ मेगावाट छ । 

निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन बढेर ५ सय ५ मेगावाट पुगेको विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । यो वर्ष सुख्खा याममा लामो समय खडेरी पर्दा निजी क्षेत्रको कूल उत्पादन १ सय ८१ मेगावाटमा झरेको थियो । 

बैशाखसम्म इतिहासकै न्युन विन्दुमा पुगेको निजी क्षेत्रको उत्पादन जेठ यता भने क्रमशः बढिरहेको हो । निजी क्षेत्रको जडित क्षमता ७ सय ७२ मेगावाट पुगिसके पनि यति नै बराबरको उत्पादन भने बढ्न सकेको छैन ।

नदी तथा खोलामा पानीको सहत बढेपछि अधिकांश ठूला जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थालेको प्राधिकरण उत्पादन निर्देशनालयअन्तर्गत ठूला आयोजना सञ्चालन तथा संभार विभाग प्रमुख रामकुमार यादवले बताए ।

‘केही दिन यता नियमित परिरहेको पानीले जलविद्युतगृहको उत्पादन बढाएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कालीगण्डकी ‘ए’, मस्याङ्दी, मध्यमस्याङ्दीलगायत प्रमुख जलविद्युत केन्द्र पूर्ण क्षमतामा चल्न थालेका छन् ।’ उनले निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन पनि क्रमशः बढिरहेको बताए ।

यो वर्ष सुख्खायाममा १ सय ४४ मेगावाटको कालीगण्डकीको उत्पादन ४८ मेगावाटमा झरेको थियो । ६९ मेगावाटको मस्र्याङ्दीले पनि २८ मेगावाट मात्रै उत्पादन गर्न सकेको थियो । ७० मेगावाटको मध्यमस्याङ्दीको उत्पादन २५ मेगावाटमा सिमित हुन पुगेको थियो । अहिले यी जलविद्युतगृह पूर्ण क्षमतामा चल्न थालेको यादवले जानकारी दिए ।

स्वदेशी जलविद्युतगृहले उत्पादन बढाएपछि भारतबाट आयात हुने विद्युत परिमाण भने ह्वात्तै घटेको तिम्सिनाले जानकारी दिए । उनका अनुसार सोमबारको उच्च विद्युत माग १२०९ मेगावाट हुँदा भारतबाट २ सय ५८ मेगावाट आयात गरिएको छ । यो गत सुख्खायाममा आयात भएको अधिकतम विद्युतभन्दा ५ सय ८९ मेगावाट कम हो ।

आन्तरिक उत्पादन घटेपछि प्राधिकरणले यो वर्ष सुख्खायामा भारतबाट अधिकतम ८ सय ५० मेगावाटसम्म विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन गरेको थियो । भारतबाट आयात गरिएको विद्युत परिमाण इतिहासकै उच्च हो । यो वर्ष उत्पादनको तुलनामा विद्युतको माग धेरै बढेकाले आयात परिमाण पनि बढेको प्राधिकरणले बताउँदै आएको छ ।

विद्युतको उच्च माग १५ सय मेगावाट नजिक पुग्दा ५ सय मेगावाट हाराहारीमा मात्रै विद्युत आयात गरिएकोमा आन्तरिक उत्पादन घट्न थालेपछि फागुन यता यो परिमाण तीव्ररूपमा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit