विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सामान्यता नयाँ आयोजना निर्माण गर्न ठूलो पुँजी, श्रमशक्ति र समय लगानी गर्नुपर्ने हुन्छ । साथै अनेक आरोह–अवरोह भोग्नुपर्ने हुन्छ । यद्यपि, केही भिन्न सोच, नयाँ जुक्ति र अनेक रचनात्मक जुक्ति (उपाय, जुगाड) लगाउन सके विद्यमान संरचनाबाटै न्यून पुँजी र समयको लगानीमा संस्थाभित्रकै श्रमशक्तिको भरपुर उपयोगबाट विद्युत् प्रणालीमा सुधार ल्याउन सकिन्छ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय गरेका कामहरूले यस कुरालाई पुष्टि गरेका छन् । विद्यमान विद्युत् संरचनामा सुरक्षाका पूर्ण मापदण्ड अपनाई ससाना रचनात्मक जुक्ती अपनाउँदा समग्र प्रणालीकै विद्युत् प्रवाह तथा गुणस्तरमा निकै ठूलो सुधार आउने प्राधिकरणका पछिल्ला कार्यले देखाएका हुन् ।  

यसको ज्वलन्त उदाहरण हो– स्युचाटर–बालाजु १३२ केभी प्रसारण लाइनलाई बालाजुबाट चपली बाइपास गर्ने कार्य । प्राधिकरणले स्यूचाटर–बालाजु १३२ केभी प्रसारण लाइनलाई बालाजुबाट बाइपास गरी चपली सबस्टेसनमा जोडेको छ । स्यूचाटर–बालाजु १३२ केभी प्रसारण लाइनलाई ‘एचटिएल कन्डक्टर’मा स्तरोन्नति गरे पनि बालाजु सबस्टेसनमा भएको कम क्षमताको जिआइएस सिटीका कारण उक्त लाइनबाट पूर्ण रूपमा विद्युत् प्रवाह गर्न सकिएको थिएन । उक्त लाइनलाई बालाजुबाट बाइपास गरी चपली सबस्टेसनमा जोड्दा लाइनको क्षमता पूर्ण रूपमा प्रयोग भई सञ्चालनमा आउने भएकोले वर्षायाममा भक्तपुर–लामोसाँघु–न्यू खिम्ती हुँदै ढल्केबर सबस्टेसनसम्म थप विद्युत् प्रवाह गर्न सकिन्छ । त्यस्तै, हिउँदमा ढल्केबर–न्यू खिम्ती–लामोसाँघु हुँदै काठमाडौँसम्म थप विद्युत् आयात गरी वर्षायाम र हिउँदमा हुने माग तथा आपूर्तिलाई सन्तुलन गर्न सहज हुने अपेक्षा गरिएको छ । 

हिउँदमा न्यू खिम्ती–लामोसाँघु–काठमाडौँ प्रसारण लाइनको क्षमता न्यून हुँदा उपत्यकाको माग पूरा गर्न कठिनाइ हुने गरेको छ । यस्तो अवस्थामा समेत यो बाइपासको कारणले विद्युत् प्रवाहको समस्याको समाधान हुने देखिन्छ । यसका साथै न्यू खिम्ती–लामोसाँघु–काठमाडौँ प्रसारण लाइनमा समस्या आए स्युचाटारबाट र स्युचाटारमा समस्या आए चपलीबाट विद्युत् आपूर्ति गरी प्रणाली पुनः सञ्चालनमा ल्याउन सकिन्छ । यसले निर्माणमा लाग्ने समय कम हुनुका साथै ट्रपिङको समस्या समेत समाधान हुने छ । त्रिशूली कोरिडोर र मर्स्याङ्दी कोरिडोरका जलविद्युत् आयोजनाको भलै केही थप विद्युत् शक्ति प्रवाह गराउन समेत यसले महत्त्वपूर्ण योगदान दिनेछ ।

यसअघि पनि यस्तै प्रकृतिको दमौली–न्यू भरतपुर–भरतपुर १३२ केभी प्रसारण लाइन केवलका कारण करिब ७० मेगावाटमा सञ्चालन भइरहेकोमा बाइपास गर्ने जुक्ति लगाउँदा उक्त लाइनबाट थप ७० मेगावाटसहित कूल १४० मेगावाट विद्युत् प्रवाह गर्न सम्भव भएको छ । यसले दोर्दी कोरिडोर आसपास निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् निर्बाध रूपमा प्रवाह भइरहेको छ । यस्ता उपायले बचाएको आर्थिक लागत, समय तथा श्रमको लाभ त देशलाई छँदै छ, विद्युत्को अधिकतम उत्पादन र उपयोग गर्नसमेत वरदान साबित भएको छ ।

त्यस्तै, हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण नसकिएको अहिलेको अवस्थामा उक्त निर्माणाधीन लाइनलाई रौतहटको कालीखोला नजिकै १८४ नम्बर टावर र सर्लाहीको लालबन्दी नजिकै ३५७ नम्बरको टावरमा ट्याप गरी उक्त खण्ड १३२ केभीमा चार्ज गरेपछि विद्युत् प्रवाह गराउने सोच पनि सिर्जनात्मक जुक्तिकै रूपमा लिन सकिन्छ । 

अझ केही समयपछि त्यसमा थप सिर्जनशीलता अपनाएर ढल्केबर सबस्टेसनमा खाली रहेको लोहारपट्टी १३२ केभीको ‘बे’लाई उक्त ४०० केभीको लाइनमार्फत ढल्केबरमा जोड्दा उक्त लाइनबाट थप विद्युत् आयात–निर्यात गराउन सम्भव भएको छ । पथलैयादेखि ट्याप गरिएको बिन्दुसम्म एचटिएल कन्डक्टरबाट जोडिने यो लाइन त्यसपछि ढल्केबरसम्म ४०० केभीको संरचना भएकोले प्रणालीमा हुने अवरोधको मात्रामा समेत निकै कमी आएको तथ्याङ्कले देखाउँछ । यस प्रसारण लाइनको विद्युत् भारबहन क्षमता भरपुर उपयोग भएकोले भारतसँगको विद्युत् व्यापारमा समेत यस उपायले महत्त्वपूर्ण भूमिका खेलको छ ।

अर्कोतर्फ, प्रसारण लाइन तथा सबस्टेसन सम्पन्न हुन ढिलाइ भइरहेका ठाउँमा प्राधिकरणले यी यस्ता विभिन्न सिर्जनात्मक जुक्ति लगाएर निजी क्षेत्रका जलविद्युत् केन्द्रको उत्पादनलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडी विद्युत् खेर जानबाट जोगाएको कैयौँ उदाहरण हामी माझ छन् ।

हेर्दा सामान्य लाग्ने, हप्ता–दश दिनमै काम सम्पन्न गर्न सकिने तर प्रणाली सञ्चालनमा दूरगामी महत्त्व राख्ने यस्ता सिर्जनात्मक उपायले विद्युत्को माग र आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको देखिन्छ । 

न्यून लागतमा संस्थाभित्रकै जनशक्ति, उपकरण र जिन्सी सामग्रीको उपयोग गरेर यी यस्ता सिर्जनात्मक उपाय अपनाएर दीर्घकालीन प्रकृतिका काम गर्नेतर्फ समेत प्राधिकरणले ध्यान दिइरहेको देखिन्छ । हालकै विद्यमान संरचनामा सुधार ल्याउन यस्ता रचनात्मक उपाययुक्त कार्यहरू कोसेढुंङ्गा साबित भएको देखिन्छ । आगामी दिनमा पनि यस्ता कार्य गुणस्तरीय आपूर्तिका लागि महत्त्वपूर्ण हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

लेखक सापकोटा नेपाल विद्युत् प्राधिकरणका उप-प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३