विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिलाई दिने निर्णय गरेको छ । यस निर्णयसँगै ३९ महिनाभित्र काम पूरा गर्ने गरी सम्झौता भएको छ ।

कार्यक्रममा अमेरिकी नेपालका लागि अमेरिकी राजदूत डीनआर. थम्पसनले नेपालको ऊर्जा सम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको बताए । ‘यस सन्दर्भमा अमेरिकी सरकार नेपालसँग सहकार्य गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे गरी विद्युत् उपलब्ध भइरहेको नेपालको प्रसारण क्षेत्रमा ४०० केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउने छ ।’

यसैगरी, कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको बताए । ‘यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापारमा उल्लेख्य भूमिका खेल्ने तथा विद्यमान २२० केभी सबस्टेसनलाई सहयोग पुर्‍याउने छ,’ उनले भने ।

सोही कार्यक्रमका क्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारेका थिए । ‘एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण सम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ,’ उनले भने, ‘बाँकी दुई वटा सबस्टेसनको निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेको छ ।’

एमसिए–नेपालले प्रसारण आयोजना अन्तर्गत यस सबस्टेसनका अतिरिक्त नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा पनि एक–एक वटा सबस्टेसन निर्माण गर्नेछ । ती सबस्टेसनका लागि निर्माण कम्पनीको छनोट प्रक्रिया अन्तिम चरणमा रहेको जनाइएको छ ।

अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहने एमसिए–नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिए अनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल–गोरखापुर प्रसारण लाइनको नेपाल खण्डमा पर्ने १८ किलोमटिर अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

सबस्टेसन निर्माण क्षेत्रमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौता भएको एमसिए नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit