विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि मात्रै जलविद्युत कम्पनीको प्रतिसेयर आम्दानी र नेटवर्थ बढ्ने स्पष्ट पारेको छ । नेपाल धितोपत्र बोर्डले निजी लगानीका २१ जलविद्युत कम्पनीलाई सेयर कारोबारका लागि जोखिमयुक्त भनेपछि इपानले जलविद्युतको आम्दानी मोडल अन्य क्षेत्रभन्दा फरक हुने भएकाले निर्माण सम्पन्न भई बिद्युत बिक्री गर्न थालेपछि नै प्रतिसेयर आम्दानी र नेटवर्थ बढ्ने हुने बताएको हो ।

इपानले बिहीबार विज्ञप्ती निकालेर धितोत्र बोर्डको बक्तब्यको खण्डन गरेको छ । ‘अहिले प्राथमिक सेयर निष्कासन भई दोस्रो बजारमा कारोबार भइरहेका धेरै कम्पनीका आयोजना भर्खरै सम्पन्न भएका, निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको समस्याका कारण प्रणालीमा जोडिन नपाएका र निर्माणाधीन आयोजना छन्,’ विज्ञप्तीमा भनिएको छ,‘ विद्युत बिक्री गर्न सुरु भइनसकेकाले यो चरणमा कम्पनीको वित्तीय विवरण नकारात्मक देखिएको हो ।’

अहिले बैंकको ब्याजदर १४ प्रतिशतबाट घटेर ७ प्रतिशतमा झरेकाले दोस्रो बजारमा जलविद्युतको सेयर मूल्य बढ्न गएको पनि इपानले प्रष्ट्याएको छ । साथै, नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनालाई सम्झौताअनुसारको विद्युत उत्पादन नगरेबापत लगाउने जरिवाना हटाउनु, रुग्ण जलविद्युत आयोजनाका लागि नेपाल राष्ट्र बैंकमार्फत पुनर्कर्जाको व्यवस्था गरिनु, आवश्यक सामाग्रीमा भ्याट छुट हुनलगायत कारणले पनि सेयर मूल्य बढेको विज्ञप्तीमा भनिएको छ ।

जलविद्युत कम्पनीको आम्दानीको प्रकृतिका सम्बन्धमा ख्याल नै नगरी बोर्डले मूल्यांकन गर्नु विभेदपूर्ण भएकाे इपानको भनाइ छ । पुँजी बजार आफैंमा स्वतन्त्र रहेको र सेयरको माग तथा आपूर्तिका आधारमा मूल्य घट बढ हुने हुँदा नियामक निकायबाट हुने यस्ता खाले हस्तक्षपले विश्वसनियतामा आशंका उब्जिएको विज्ञप्तीमा जनाइएको छ । 

इपानले विद्युत उत्पादनबाट देशको आर्थिक समृद्धिमा योगदान गरेका, लाखौं रोजगारी सृजना गरेका, ग्रामीण क्षेत्रको विकासमा भूमिका खेलेका जलविद्युत कम्पनीलाई जोखिमयुक्त सूचीमा राखेर कसको पक्षपोषण गर्न खोजेको हाे भनी प्रश्न गरेको छ । अहिले देखिएको अपरिपक्क व्यवहारले बोर्डको असक्षमता प्रदर्शन गरेकाले त्यहींका कर्मचारीबाट नै बजारमा चलखेल भइरहेको हुनसक्ने आशंका बढेको इपानको विज्ञप्तीमा जनाइएको छ ।

गलत तरिकाबाट दोस्रो बजारमा सेयरको मूल्यमा प्रभाव पारिरहेको आशंका भएमा बोर्डले गोप्यरूपमा छानबिन गरी त्यस्ता व्यक्ति वा संस्थालाई कारबाही गर्नुपर्ने सुझाव पनि इपानले दिएको छ । बोर्डको पछिल्लो कदम त्यहींका कर्मचारीको मिलेमतोमा आएको भए त्यसको अध्ययन गरी दोषी उपर कारबाहीकेमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit