विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अहिले ४५६ मेगावावटको माथिल्लो तामाकोसीको प्राविधिक परीक्षण (वेट टेस्ट) भइरहेको छ । यही क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) बाट पानी चुहिएपछि परीक्षणको काम रोकी मर्मत गरिरहेको छ । मर्मतको काम सकिएपछि करिब एक सातामा परीक्षणको सबै काम पूरा हुने आयोजनाले जनाएको छ ।

आयोजनाले बिहीबार (जेठ ६ गते) विज्ञप्ति जारी गरी परीक्षणलाई २४ सै घन्टा निरिक्षण र अनुगमन गरी काम भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– थप प्राविधिक समस्या नआए तथा कोभिड–१९ महामारीको दोस्रो लहरले आयोजनाका कामदार र कर्मचारीमा कुनै असर देखा नपरे परीक्षण सुचारु भएको ७ देखि ८ दिनभित्र सिभिल संरचनाहरू र हाइड्रो मेकानिकल उपकरणको वेट टेस्ट सक्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

परीक्षणको काम ७¬–८ दिनमा सकिने त भनियो तर त्यहाँ ‘कोभिड महामारीले कर्मचारीमा असर देखा नपरे र प्राविधिक समस्या नआए’ भन्ने वाक्यांश लेखिएको छ । यसले फेरि पनि आयोजनाबाट विद्युत् उत्पादनको समय अनिश्चित बन्दै गएको इंगित गरेको छ ।

अहिले पनि आयोजनाका केही कर्मचारीहरू कोरोनाबाट संक्रमित भइरहेको सूचना आइरहेको छ । आयोजनास्थल पूर्ण सिल गरी अर्थात् सुरक्षित उपाय अपनाएर काम भइरहे पनि को कतिबेला कसरी संक्रमित हुन्छ भन्ने यकिन गर्न सकिँदैन । उता प्राविधिक परीक्षको काम चलिरहेकाले म्यानहोलमा जस्तै कति बेला कहाँ समस्या आउँछ भन्ने ठोकुवा गर्न सकिँदैन ।

आयोजनाकै उल्लेखित भनाइलाई आधार मान्ने हो भने विद्युत् उत्पादन हुने मिति अझै सर्दै जाने स्पष्ट संकेत देखिएको छ । आयोजनाका अनुसार म्यानहोलको सुधार सन्तोषजनक भइरहेको र २–३ दिनभित्र सम्पन्न गरी पेनस्टक, सुरुरू र बाँकी हाइड्रो मेकानिकल उपकरणको परीक्षणलाई निरन्तरता दिइनेछ ।

आयोजनाका अनुसार ३७३ मिटर अग्लो तल्लो पेनस्टक साफ्टको परीक्षण सकिएको छ । ३१० मिटर अग्लो माथिल्लो पेनस्टक साफ्ट र यसलाई जोड्ने १०० मिटर लामो तेस्रो पेनस्टक परीक्षण गर्ने क्रममा उक्त दुई वटा पेनस्टक पाइनमा जडान भएका दुई वटा म्यानहोलको जोर्नीबाट पानी रसाएको थियो । त्यसको मर्मत गरी काम सुचारु गरिरहँदा पुनः एउटा म्यानहोलको जार्नीबाट थोरै पानी चुहिएको हुँदा काम रोकी सुधारको काम भइरहेको छ ।

वेट टेस्टको क्रममा भूमिगत विद्युत्गृह नजिकै पेनस्टक जडान गरिएको सबैभन्दा संवेदनशील उपकरणको रूपमा रहेको एमएसओभी (मेन सट–अफ भल्भ) तथा ६ वटा युनिटहरूमा जडान गरिएका एमआइभिएस (मेन इनलेट भल्भ) हरूको प्राविधिक चेकजाँच र परीक्षण भइसकेको आयोजनाले जानकारी दिएको छ । यस्तै, ८२२ मिटर वाटर हेड (विद्युत्गृहमा पानी झर्ने उचाई) धान्नुपर्ने एमओएसभी र एमआईभिएसको प्राविधिक परीक्षण भइसकेको छ ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

२. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

३. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

४. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

५. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

६. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit