विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनाङको नासो र चामे गाउँ पालिकामा निर्माण हुने १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सोमबार (चैत ९ गते) विद्युत् खरिद सम्झौता भएको छ । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र चिनियाँ कम्पनीले निर्माण गर्ने आयोजनाको विद्युत् किन्न नेपाल विद्युत् प्राधिकरण र मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनी प्रालिबीच पिपिए सम्झौता भएको हो ।

विद्युत् नियमन आयोगले सिफारिस गरेको दर (हिउँदमा प्रतियुनिट रु. ८.४० र बर्खामा प्रतियुनिट रु.४.८०) मा प्राधिकरणले विद्युत् किन्ने टुंगो लागेको छ । आयोजनाबाट हुने वार्षिक प्रतिफल १७ प्रतिशतभन्दा बढी हुन नहुने र त्यो भन्दा बढी भए पिपिए दर घट्ने सर्तअनुसार पिपिए भएको छ ।

यसअघि, सय मेगावाटभन्दा ठूला र विदेशी लगानी रहेका आयोजनाको पिपिए अमेरिकी डलरमा हुँदै आएको थियो । तर, मनाङ मस्र्याङ्दीमा भने चिनियाँ लगानी भए पनि स्वदेशी मुद्रामै पिपिए गरिएको छ । साथै, यसअघि सुपर सिक्सका आयोजनाको हकमा प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण नगरे र सोही अनुसार प्रावद्र्धकले पनि समयमा विद्युत् उत्पादन नगरे ४५ प्रतिशतसम्म क्षतिपूर्ति तिर्नुपर्ने करारनामा गरिन्थ्यो ।

मनाङ मस्र्याङ्दीमा भने त्यस्तो करारनामा २५ प्रतिशत कायम गरिएको प्राधिकरणले जानकारी दिएको छ । विदेशी लगानी रहेका अघिल्ला आयोजनामा गरिएको पिपिएभन्दा यसमा प्रवर्द्धकलाई थप कडिकडाउ गरिएको प्राधिकरणका एक उच्च अधिकारीले ऊर्जा खबरलाई बताए ।

बिपिसीले चीनको चेङ्दु राज्यका ३ विद्युत् उत्पादन गर्ने अनुभवी सरकारी कम्पनीसँग मिलेर मर्स्याङ्दी बेसिनमा ३ आयोजना निर्माण गर्दैछ । ती मध्ये मनाङ मर्स्याङ्दी सबैभन्दा माथिल्लो तटमा निर्माण हुँदैछ । यसका लागि चीनबाटै शतप्रतिशत ऋण र ८० प्रतिशतसम्म स्वपुँजी ल्याइँदैछ ।

पिपिए गर्न गत पुस ९ गते ९बिहीबार० विद्युत् नियमन आयोगले सार्वजनिक सुनुवाई गरेको थियो । विदेशी मुद्राको विनिमय जोखिम स्वयं कम्पनीले बेहोर्ने योजना बनाइएको छ । यसका लागि करिब १ करोड अमेरिकी डलर जोखिम खर्च छुट्ट्याइएको कम्पनीले जानकारी दिएको छ ।

चिनियाँ मुद्रामै ऋण ल्याउने, आयोजनाको ठेक्कापट्टा त्यही मुद्रा गर्ने र भुक्तानी पनि त्यसरी गरिने हुँदा नेपाली रुपैयाँमा पिपिए गरेर समस्या नहुने बिपिसीले जानकारी दिएको छ ।

एक वर्षभित्र लगानी व्यवस्थापन

बिपिसीले अबको करिब एक वर्षभित्र आयोजनाका लागि लगानी व्यवस्था गरिसक्ने बाचा गरेको छ । पिपिएमा हस्ताक्षर भएपछि ६ महिनाभित्र ठेक्कापट्टाको काम सक्ने र वर्षदिनभित्र लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने जानकारी दिइएको छ ।

निर्माण अवधिको ब्याजबाहेक करिब ३३ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २६ अर्ब ७० करोड रुपैयाँ चिनियाँ बैंकबाट ऋण ल्याइनेछ । ६ अर्ब ६७ करोड ६० लाख रुपैयाँ स्वपुँजी लगानी हुनेछ । यसमध्ये २० प्रतिशतमात्र स्वदेशी ९बिपिसी० को लगानी रहनेछ ।

प्राधिकरणले विद्युत् खरिद दरमा वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म सामान्य मूल्यबृद्धिको सुविधा प्रस्ताव गरेको छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । यद्यपि, प्राधिकरणले वार्षिक ७६ करोड ६५ लाख ९३ हजार ६ सय ४३ युनिट बिजुली किन्ने गरी मस्यौदा पिपिए गरेको छ ।

टेक अर पे ९लिउ या तिर० प्रावधान अनुसार पिपिए प्रस्ताव गरिएको आयोजनाबाट २०८४/८५ सम्म विद्युत् उत्पादन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । त्यस अवधिसम्म आयोजनाबाट विद्युत् उत्पादन नभए पिपिए स्वतः टेक एन्ड पे (लिउ र तिर) मा परिणत हुने सर्त छ ।

पछिल्ला ८ वर्ष टेक अर पे प्रावधानको पिपिए भए पनि प्राधिकरणले बर्खामा आयोजनाको ९० प्रतिशतमात्र विद्युत् किन्ने सर्त कायमै राखेको छ । जसअनुसार बर्खाको १० प्रतिशत ऊर्जा प्राधिकरणले चाहेको समयमा मात्र किन्न सक्छ ।

आयोजनाबाट उत्पादित विद्युत् जोड्न प्राधिकरणले मनाङकै धारापानीस्थित २२० केभी स्वीचयार्ड सिफारिस गरेको छ । त्यहाँसम्म विद्युत् पुर्याउन प्रवर्द्धकले विद्युत्गृहदेखि करिब ५ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

सोही प्रावधानअनुसार कनेक्सन एग्रिमेन्ट ९प्रसारण सम्झौता० गरिएको छ । सम्झौता अनुसार प्रवर्द्धक कम्पनीले तोकेको समयभित्र विद्युत् उत्पादन नगरे आयोजनाबाट उत्पादन हुने वार्षिक ऊर्जा आम्दानीको २५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ । यस्तै, आयोजनाबाट विद्युत् उत्पादन हुँदासम्म प्राधिकरणले प्रसारण लाइन तयार नगरे उल्लेखित दरकै आधारमा प्रवर्द्धकलाई जरिवाना तिर्नुपर्छ ।

टेक अर पे ९लिउ या तिर० प्रावधान अनुसार पिपिए प्रस्ताव गरिएको आयोजनाबाट सन् २०२५ भित्र विद्युत् उत्पादन गर्ने प्रक्षेपण छ । आयोजनाबाट विद्युत् उत्पादन भएको मितिदेखि १५ वर्षसम्म वार्षिक ११ करोड ७३ लाख ४० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । १५ वर्षपछि वार्षिक ७६ करोड २६ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

याे पनि पढ्नुहाेस्

मनाङ मर्स्याङ्दी नमुना आयोजना बन्दै, विदेशी लगानी स्वदेशी मुद्रामै पिपिए

अयोगले सय मेगावाट ठूलो पहिलो आयोजनालाई पिपिए स्वीकृति दिँदै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit