विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रको लगानीमा निर्माण भएका विद्युत आयोजनाको जडित क्षमता ७४२.४४ मेगावाट पुगेको छ । इको पावर डेभलपमेन्ट कम्पनीले धनुषाको ढल्केबरमा निर्माण गरेको मिथिला सौर्य विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि जडित क्षमता साढे ७ सय मेगावाट नजिक पुगेको हो । 

विद्युत खरिद सम्झौता (पिपिए) भएका जलविद्युत र सौर्य विद्युत तथा चिनी उद्योग गरी १ सय ५ आयोजनाको विद्युत अहिलेसम्म राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । उनका अनुसारसाढे ४ मेगावाटको विजयपुर–२ र मिथिला सौर्य विद्युत आयोजनाले परीक्षण उत्पादन गरिरहेका छन् ।

चालू आर्थिक वर्षमा करिब ८ सय २५ मेगावाट विद्युत प्रणालीमा थप्ने प्राधिकरणको लक्ष्य छ । जसमा ४२ मेगावाटकाे मिस्ट्री खाेला र २२ मेगावाटकाे माथिल्लाे चाकु ए परीक्षणकाे चरणमा छन् । बाँकी आयोजना असार मसान्तभित्र प्रणालीमा जाेडिने गरी निर्माण भइरहेकाे प्राधिकरणले जनाएकाे छ । 

यो आवभित्र सम्पन्न हुने सबै विद्युत आयोजना निजी लगानीका हुन् । अहिले पनि निजी क्षेत्रकाे लगानीमा साढे ३३ सय मेगावाटका आयोजना निर्माणाधीन छन् । यी सबै आयोजना बढीमा ३ वर्षभित्र सम्पन्न भइसक्ने गरी निर्माण भइरहेका हुन् ।

निजी क्षेत्रको उत्पादन बढेसँगै देशको कूल जडित क्षमता  पनि १४ सय ६८ मेगावाट पुगेको छ । कूल जडित क्षमतामध्ये १३७८.४४ मेगावाट केन्द्रीय प्रणालीमा जोडिएको छ । विद्युत प्राधिकरणको स्वामित्वमा रहेको ४.५३६ मेगावाट विद्युत प्रणालीमा नजोडिएका लघु तथा साना जलविद्युत आयोजना छन् ।

विद्युत प्राधिकरणको उत्पादन ६ सय ३६ मेगावाट छ । यसमध्ये ५ सय ८२ मेगावाट जलविद्युत, ५३.४१ मेगावाट थर्मल (मल्टिफ्यूल र डिजेल प्लान्ट) र १.१ मेगावाट सौर्य विद्युत छ । प्राधिकरणको जडित क्षमता मध्ये पनि ४.५३६ मेगावाट प्रणाली बाहिर छ ।

लोडसेडिङ अन्त्यपछि हेटौंडा र दुहबीस्थित २ वटा थर्मल प्लान्ट बन्द छन् । दुर्गम जिल्लाका लघु तथा साना जलविद्युत आयोजना निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिइएको छ ।

वैकल्पि ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक अनुदानमा नवीकरणीय ऊर्जाका स्रोत ९सौर्य, वायु, लघुजलविद्युत्० बाट ५६।७४ मेगावाट विद्युत् उत्पादन भएको छ । जसमा करिब ५५ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छैन । केन्द्रको आर्थिक अनुदान कार्यक्रमअन्तर्गत २३ वर्षमा सौर्य, वायु, लघुजलविद्युत् तथा जैविक ऊर्जाका स्रोतबाट विद्युत् उत्पादन गरी दुर्गम गाउँमा विद्युतीकरण गरिएको छ ।

जलविद्युतमा निजी क्षेत्रको लगानी बढिरहेकाले विद्युतको बजार व्यवस्थापनमा चुनौती देखिएको छ । हिउँदमा अझै भारतको विद्युतमा निर्भर रहनुपर्ने बाध्यता रहे पनि बर्खाको विद्युतका लागि बजार खोज्नुपर्ने अवस्था आइसकेको छ । उत्पादन बढ्दै गएकाले प्राधिकरणले उपभोक्तालाई विद्युत खपत बढाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit