विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । असार सुरु भए यताको अवीरल वर्षासँगै आएको बाढीले निजी क्षेत्रका जलविद्युत आयोजनामा १० अर्ब रुपैयाँ बढीको आर्थिक क्षति पुर्याएको छ । बाढीले निर्माण सम्पन्न भई सञ्चालनमा आएका तथा निर्माणाधीन जलविद्युत आयोजनाको संरचनामा क्षति पुर्याउँदा यति ठूलो आर्थिक नोक्सानी हुन पुगेको हो ।

निर्माण सम्पन्न भई चालू अवस्थामा रहेका १५ बढी जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्ण आचार्यले बताए । ‘सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनामा गरी १० अर्ब रुपैयाँ बढीको आर्थिक क्षति भएको भन्ने प्रारम्भिक अनुमान छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यकिन विवरण आइनसकेकाले क्षति अझै बढ्न पनि सक्छ ।’

उनले आइतबार (आज) साँझसम्ममा बाढीले निजी क्षेत्रका आयोजनामा पुर्याएको वास्तविक क्षतिको विवरण आइपुग्ने बताए । बाढीले क्षति पुर्याएका चालू अवस्थाका अधिकांश आयोजनाको उत्पादन असार १ गतेदेखि बन्द छ । सामान्य क्षति भएका आयोजना मर्मतपछि सञ्चालनमा आए पनि धेरै आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् ।

बाढीले कहीं जलविद्युतगृहको बाँध भत्काउँदा उत्पादन बन्द हुन पुगेको छ । कहीं बगाएर ल्याएको माटो मिसिएको लेदो र काठका टुक्राले बाँध क्षेत्रका संरचना पुरिदिएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यता छ ।

याे पनि पढ्नुहाेस् ः मेलम्ची क्षेत्रमा वितरण लाइनका १ सय ७० पोल बाढीबाट क्षतिग्रस्त

केही ठाउँमा विद्युत प्रवाह हुने प्रसारण लाइनका टावर ढलेकाले उत्पादन बन्द हुन पुगेको पनि उनले जानकारी दिए । प्रसारण लाइनको संरचना ढलेर बन्द भएका केही आयोजना उत्पादन साँझसम्ममा सुचारु गराउने प्रयास भइरहेको आचार्यले बताए ।

बाढीले सबैभन्दा बढी कास्कीको मादी र लमजुङको दोर्दी बेसिका आयोजनामा क्षति गरेको छ । मादी बेसिनमा निर्माणाधीन ४० मेगावाटको सुपर मादी आयोजनामा बढी क्षति भएको छ । यो आयोजनाका निर्माण उपकरण सबै बाढीमा बगेका छन् । यो आयोजनामा १ अर्ब रुपैयाँ बढीको क्षति हुन पुगेको प्रारम्भिक अनुमान छ ।

सञ्चालनमा रहेका २५ मेगावाटको माथिल्लो मादी, १२ मेगावाटको नामार्जुन मादी, १३ मेगावाटको मद्क्यु खोलालगायत आयोजनामा क्षति पुगेको छ । नामार्जुन मादीको विद्युतगृहमा बाढी पसेको छ । यी सबै आयोजनाको उत्पादन अहिले बन्द छ ।

दोर्दी बेसिनका ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ मा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीले यो आयोजनामा निर्माण सामाग्री तथा उपकरण बगाएर लगेको छ । बाढीले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक समेत बगाएकाले यकिन विवरण आउन सकेको छैन ।

१२ मेगावाटको दोर्दी–१ को विद्युतगृहमा बाढी पसेको छ । सञ्चालनमा आउने तयारीमा रहेका २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र २७ मेगावाटको दोर्दी खोला पनि बाढीबाट प्रभावित हुन पुगेका छन् । निर्माणाधीन अधिकांश आयोजना बाढीबाट क्षतग्रस्त छन् । इपानले अपरान्हसम्ममा बाढीले जलविद्युत आयोजनामा पुर्याएको क्षतिको विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

याे पनि बढ्नुहाेस्

बाढी पहिरोले थिलोथिलो भए बन्दै गरेका जलविद्युत् आयोजना, अर्बौं अर्ब नोक्सान

दोर्दी कोरिडोर प्रसारण लाइनका ४ टावर बाढीमा बगे, ७ वटा ढल्ने अवस्थामा

बाढीको ताण्डव : निजी क्षेत्रका डेढ दर्जन जलविद्युतगृहमा असर, कहाँ कस्ताे क्षति ?

बाढीको वितण्डा उस्तै : साढे ५ सय मेगावाट प्रणाली बाहिर, आयात बढाएर आपूर्ति व्यवस्थापन

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit