विद्युत अपडेट

  • प्राधिकरण : ४१६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५३८० मे.वा.घन्टा
  • आयात : २२६० मे.वा.घन्टा
  • निर्यात : १८६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : १३० मे.वा.घन्टा
  • ऊर्जा माग : ५४७५० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २५१० मे.वा.
२०८३ असोज १६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड (एनपिटिसी) मार्फत आगामी बर्खामा भारतमा करिब ८५.६ मेगावाट विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ । एनपिटिसीले भारतीय विद्युत् व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको विद्युत् बजारमा बिजुली बिक्री गर्ने तयारी सुरु गरिएको हो । यसका लागि भारतको सम्बन्धित निकायबाट अनुमति पाउन बाँकी छ ।

एनपिटिसीले आगामी बर्खामा भारतको पावर एक्सचेन्जमार्फत उक्त परिमाणको विद्युत् बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएको हो । भारतीय कम्पनी टाटा पावर ट्रेडिङमार्फत विद्युत् बजारमा प्रवेश गर्ने योजना रहे पनि नेपालतर्फकाे प्रक्रिया पूरा भइसकेपछि भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट पनि स्वीकृति लिनुपर्नेछ । त्यसपछि मात्रै एनपिटिसीमार्फत विद्युत् निर्यातको बाटो खुल्नेछ ।

यसअघि नै एनपिटिसीलाई विद्युत् व्यापारतर्फ अघि बढाउने आधार तयार भइसकेको थियो । प्राधिकरणको सञ्चालक समितिले गत साउनमा एनपिटिसीलाई प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेका आयोजनाको बिजुली भारत तथा अन्य मुलुकमा बिक्री गर्न सुरुमा १०० मेगावाटसम्मको अनुमति दिएको थियो । उक्त अनुमतिअनुसार विद्युत् बिक्री गर्दा प्रतियुनिट ५.४५ भारतीय रुपैयाँभन्दा कममा बिक्री नगर्न र ट्रेडिङ मार्जिन प्रतियुनिट १० पैसाभन्दा बढी नलिनसमेत सीमा तोकिएको थियो ।

एनपिटिसी लामो समयदेखि स्थापना भएर पनि व्यावसायिक रूपमा विद्युत् खरिद–बिक्रीमा प्रवेश गर्न सकेको थिएन । कम्पनी २०७३ सालमै स्थापना भएको हो भने सरकारले २०७८ पुसमा यसको सञ्चालनका लागि अनुमति दिएको थियो । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १७ प्रतिशत, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको १७ प्रतिशत र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको १५ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँ छ ।

हालसम्म भारतसँगको विद्युत् आयात–निर्यात प्राधिकरणले नै गर्दै आएको छ । प्राधिकरणलाई भारत तथा बंगलादेशमा विद्युत् बिक्रीका लागि सरकारले यसअघि नै स्वीकृति दिएको छ र सोही आधारमा प्राधिकरणले सीमापार विद्युत् व्यापार गर्दै आएको हो । अब एनपिटिसीलाई सक्रिय बनाएर छुट्टै व्यापारिक निकायमार्फत विद्युत् कारोबार अघि बढाउन खोजिएको हो ।

प्राधिकरण सञ्चालक समितिले विद्युत् नियमन आयोगको सहमतिपछि असोज ३ गते विद्युत् खरिद–बिक्री सम्झौताको मस्यौदा स्वीकृत गरेको हो । उक्त सम्झौता १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म लागू हुने प्रस्ताव छ र दुई पक्षको सहमतिमा भविष्यमा व्यापारको क्षमता थप गर्न सकिने व्यवस्था छ ।

आयोगले भदौ २ गते सम्झौताको मस्यौदामा सहमति दिएको थियो । सहमतिसहितको निर्णयको जानकारी भदौ ८ गते प्राप्त भएपछि प्राधिकरणले असोज ३ गते विद्युत् बिक्रीसम्बन्धी निर्णय गरेको हो । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३