रसुवा जिल्ला हुँदै बग्ने भोटेकोसी नदीमा तिब्बती भूमिबाट आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा निर्माण सम्पन्न भई सञ्चालनरत तथा निर्माणाधीन जलविद्युत् तथा सोलार आयोजनामा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ४३१.१ मेगावाटका १२ आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ भने ४७० मेगावाटका १५ आयोजनामा गम्भीर क्षति पुगेको छ । साथै, धादिङ, गोरखा र चितवनका विद्युत् प्रसारण तथा वितरणका विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ ।
चीनकाे तिब्बतमा पर्ने ल्हेन्दे खोला हुँदै भोटेकोसी नदीमा बुधबार बिहान एक्कासी आएकाे भीषण बाढीले नेपाल र चीनमा ठूलो क्षति पुर्याएको छ । यसले भारतसम्म पनि सतर्कता बढाएको बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई नेपाल–चीन सीमापार भीषण प्राकृतिक विपत्का रूपमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् ।
भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषणबाढीपछि रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारसति झण्डै ६० जना सम्पर्कविहीन भएका छन् । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्यफ्रुबेसीमा निर्माधीन ३० मेगावाटको आयोजनामा कार्यरत इन्जिनियर, प्राविधिकसहितका कर्मचारी तथा सुरुङ निर्माणमा काम गरिरहेका कामदार सम्पर्कविहीन भएका हुन् ।
नेपालको विद्युत् क्षेत्रमा झन्डै ५० वर्ष पुरानो नाम हो– लिटमस इन्डस्ट्रिज लिमिटेड । लिटमस केबल नामबाट चिनिँदै आएको यो कम्पनीले नेपालमै पहिलो पटक ‘४०० केभी एसिएसआर मुज कन्डक्टर’ उत्पादन गरी नेपाल–भारत सीमापार प्रसारण लाइनका लागि आपूर्ति गर्ने ठेक्का प्राप्त गरेको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा सङ्खुव...
२०८२ चैत २काठमाडौं । नेपाली जलविद्युत् क्षेत्रमा लगानीको आकार बढ्दै जाँदा आयोजनाको नेतृत्वमा महिलाको उपस्थिति कमजोर देखिन्छ । यही रिक्तताबीच एउटी महिला जलविद्युत् उद्यमीको नेतृत्वमा झण्डै ७०० मेगावाट क्षमताका आयोजना अघि बढिरहेका छन् । उनी हुन्– सुसन कर्माचार्य । कर्माचार्यको नेतृत्व, लगानी र संलग्नतामा अहिले करिब ६८७.७९ मेगावाट क्षमताका आयोजना निर्म...
२०८३ भदौ २काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन । अतः देश विकासको नेतृत्व नै इन्जिनियरको ज्ञानसीप, प्रतिभा र क्ष...